रास्वपाले रुपन्देही ३ मा डा.लेखजंग थापालाई उम्मेदवार बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही ३ मा कार्तीक १७ गते हुने उपनिर्वाचनका लागि डा.लेखजंग थापालाई उम्मेदवार बनाएको छ । रास्वपाको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवारका लागि रास्वपाले ९ आकांक्षीबिच प्राइमरी इलेक्सन गराएको थियो ।

दुई महिना लामो आन्तरिक लोकतन्त्रको उन्नत अभ्यास प्रक्रिया ‘ प्राइमरी इलेक्सन’ गरेर रास्वपाले रुपन्देही निर्वाचनमा भाग लिने उम्मेदवार टुङ्गो लगाएको हो । आइतबार रास्वपाले गरेको घोषणा अनुसार रुपन्देही ३ को उपनिर्वाचनका लागि न्यूरो सर्जन डा. लेखजंग थापा पार्टीको उम्मेदवार चयन भएका छन् ।

आइतबार पार्टी कार्यालय वनस्थलीमा आयोजित एक कार्यक्रममा सो पार्टीले उनलाई प्राइमरी इलेक्सनबाट रास्वपाको रुपन्देही ३ का लागि उम्मेदवार चुनिएको घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?