पूर्ण अशक्त अपाङ्गता भएकी सविना पन्थलाई घरमै पुगेर नागरिकता प्रदान

तनहुँ, १५ भाद्र – व्यास नगरपालिका–११ निवासी २७ वर्षीया सविना पन्थलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।

पूर्ण अशक्त अपाङ्गता भएकी सविनालाई तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले उहाँको घरमा पुगेर नागरिकता हस्तान्तरण गरेका हुन । सविनाका बुवा मिनानाथ पन्थ र आमा पवित्रादेवी पन्थ तथा प्रशासनका कर्मचारीहरुको उपस्थितमा नागरिकताको प्रमाणपत्र प्रदान गरिएको तनहुँका प्रजिअ अधिकारीले जानकारी दिए ।

आफ्नो घरमै आएर प्र्शासनले नागरिकता प्रदान गरेपछि अपाङ्गता भएका व्यक्तिप्रति तनहुँ प्रशासनले गरेको काम महत्वपुर्ण भएको पन्थका पिता मिनानाथले बताए । प्रजिअ अधिकारीले घरमै पुगेर सेवा दिने अभ्यासलाई निरन्तरता दिने बताउदै वगतमा पनि पूर्ण रुपमा अशक्त व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?