व्यास नगरपालिकाद्वारा श्रेष्ठलाई इलेक्ट्रिक व्हीलचेयर प्रदान

तनहुँ । व्यास नगरपालिकाले ‘लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान’को अवसरमा व्यास–५ का निवासी शिवलाल श्रेष्ठलाई इलेक्ट्रिक व्हीलचेयर हस्तान्त्रण गरेको छ।

नगरपालिकाका अधिकारीहरूले यस सहयोगले श्रेष्ठको दैनन्दिन जीवनमा महत्वपूर्ण सहजता ल्याउने र सामाजिक न्याय, समावेशी विकास तथा अपाङ्गता भएका नागरिकलाई स्थानीय सेवामा सहज पहुँच दिलाउने उद्देश्य रहेको बताए।

कार्यक्रममा नगर प्रमुख बैकुन्ठ न्यौपाने, उप–प्रमुख ईन्दिर दरै, नगर कार्यपालिका सदस्य, सरकारी निकायका प्रतिनिधि, सुरक्षा अधिकारी र नागरिक समाजका अभियन्ताहरू सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?