पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ ।

आइतबार ग्राण्डी अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचारत सिटौलाको दिउँसो १२ः४५ बजे निधन भएको जनाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी हुन सुदूरपश्चिम पुगेका बेला सिटौला अछाममा पुग्दा अचानक बेहोस भएका थिए ।

अछाममा बेहोस भएका सिटौलाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?