नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको बताएका छन् ।
काठमाडौंबाट झापाका चुनावी कार्यक्रमका लागि आउने क्रममा भद्रपुर विमानस्थलमा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनि नसकेको बताएका हुन् । यस बारेमा सरकारले धेरै कुरा जान्नुपर्ने उनको भनाइ छ ।
उनले भने- ‘चुनाव हुने भए हामी भाग लिन्छौं। चुनावको वातावरण सरकारले बनाउने हो। हामी यसै भन्न सकेनौं । चुनाव हुन्छ भन्ने ठान्छौं अब हामी ।’
साथै ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने दाबी गरेका थिए ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?