तनहुँ- तनहुँ जिल्ला अन्तर्गत व्यास नगरपालिका वडा नं. ०३ स्थित अनसन चौतारी, पञ्चमन्दिर परिसर, व्यास गुफा तथा पञ्चमन्दिर खुल्ला मञ्च परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा उक्त सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षकको उपस्थितिमा प्रहरी कर्मचारीहरू तथा निर्वाचन ड्युटीमा खटिएका प्रहरीहरूको सहभागिता रहेको थियो।
सार्वजनिक स्थलहरू स्वच्छ र व्यवस्थित राख्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा फोहोर संकलन, वातावरण सफा गर्ने तथा जनचेतना अभिवृद्धि गर्ने कार्य गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?