व्यासमा कोरोना विरुद्धको खोप पौष २५ गते देखि लगाईने (खोप केन्द्र सहित)

दमौली : तनहूँको व्यास नगरपालिकामा पहिलो मात्रामा भेरोसेल र एष्ट्राजेनिका खोप लगाईएका व्यक्तिहरुलाई यहि पौष २५ गतेबाट दोश्रो मात्राको खोप लगाउने भएको छ। पहिलो मात्रामा खोप लगाएर दोश्रो खोपको प्रतिक्षा गरिरहेका मानिसहरु भएकोले खोप अभियान संचालन गर्न लागेको व्यास नगरपालिकाका स्वस्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोतीले  छ ।

खोप लगाउनको लागि नगरपालिकाले विभिन्न वडाका ४० वटा खोप केन्द्रहरुबाट २५ गते देखि २९ गतेसम्म तोकेको छ । बिहान १० बजेबाट २ बजेसम्म खोप लगाउने पनि व्यास नगरपालिकाको स्वस्थ्य तथा जनसंख्या शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?