तनहुँमा एमाले जिल्ला अधिवेशन आज

तनहुँ :  नेकपा(एमाले) तनहुँको जिल्ला अधिवेशन आज हुँदैछ । दमौलीमा हुने नवौ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटी गठन हुने र त्यसको लागि ६ सय भन्दा बढि प्रतिनिधि हरू सहभागी हुनेछन् भने पार्टीका नेता कार्यकर्ता र सुभेच्छुकहरु सहभागी हुने बताइएको छ ।

पार्टीका वर्तमान जिल्ला अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा हुने उद्घाटन समारोहमा पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पुर्वमन्त्री जिल्ला किरण गुरुङ  प्रमुख अतिथि रहने छन् ।

दमौलीस्थित अनसनचौतारीको  खुल्ला मैदानमा हुने उद्घाटन समारोहका लागि मञ्च सजाउनुका साथै बजारलाई पार्टीका झण्डा र व्यानरले सजाइएको छ । एमाले जिल्ला अध्यक्षमा नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष केदार सिग्देलले नदाेहाेर्याउने भए पछि वर्तमान हालका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठको सम्भावना बलियो रहेको देखिन्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?