व्यास नगरपालिका छुवाछुतमुक्त घोषणा गर्ने तयारीमा

दमौली, २१ जेठ । व्यास नगरपालिकाले आगामी नगरसभामार्फत नगरलाई छुवाछुतमुक्त नगरपालिका घोषणा गर्ने तयारी गरेको छ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८३ को अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकालाई छुवाछुतमुक्त घोषणा गर्ने प्रस्ताव आगामी नगरसभाबाट पारित गरिने जानकारी दिए।

नगर प्रमुख न्यौपानेले छुवाछुतमुक्त घोषणालाई केवल कानुनी तथा नीतिगत निर्णयमा सीमित नराखी यसको प्रभावकारी कार्यान्वयनमा समेत विशेष जोड दिइने बताए। उनले जातीय भेदभाव तथा छुवाछुतजस्ता सामाजिक विकृतिको अन्त्यका लागि स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको उल्लेख गरे।

उनका अनुसार समतामूलक, सभ्य र विभेदरहित समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?