काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।आज बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।
एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान करिब १० बजेर ३० मिनेटमा बालकोट पुगेको थियो ।
यसअघि पनि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?