राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएकाे भेटमा सरकारको कामकारबाही, संसद्का गतिविधि तथा अध्यादेशलगायत विषयमा छलफल भएको छ ।
साथै उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?