तनहुँ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजनामा विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १८ जना स्वास्थ्यकर्मीका लागि आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।
कार्यालयको तालिम हलमा मिति २०८३ मंसिर १० र ११ गते सञ्चालन भएको दुईदिने तालिममा स्वास्थ्यकर्मीहरूलाई आँखा, नाक, कान, घाँटी तथा मुखसम्बन्धी स्वास्थ्य समस्याको पहिचान, प्राथमिक उपचार तथा आवश्यक स्वास्थ्य सेवासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
तालिमको सहजीकरण शुक्लागण्डकी नगरपालिकास्थित ढोरफुलबारी नगर अस्पतालका डा. विज्ञान क्षेत्री र भिमाद नगरपालिकास्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्रका डा. सुधन अधिकारीले गरेका थिए ।
तालिमले स्वास्थ्यकर्मीहरूको सीप तथा क्षमता अभिवृद्धि गर्दै सम्बन्धित स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान र प्रभावकारी प्राथमिक उपचार सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?