
दमौली : नेकपा एमाले तनहुँको उपाध्यक्षमा हरिराज कंडेल बिजयी भएकाछन् ।कंडेलले ३६४ मत प्राप्त गरेर बिजयी छन् भने उनका प्रतिस्पर्धी लेखबहादुर थापाले १६८ प्राप्त गरेको छ। थापा भिमाद नगरपालिकाका प्रमुख समेत हुन ।
त्यस्तै एमाले तनहुँको सचिव राजेश्वर ढकाल विजयी भएका छन् । ढकालले ३२० मत प्राप्त गरेर बिजयी भएका छ भने उनका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २१९ मत प्राप्त गरेको छ। सिग्देल यसअघि एमाले तनहुँको उपसचिव रहेका थिए ।
कुल मत ५५६ खसेको थियो । अध्यक्ष र उपसचिव र केहि सदस्यमा यसअघि नै सर्वसम्मत भईसकेको छ । केहि अहिले सदस्यको मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?