व्यासले सञ्चालन गरेको कोभिड अस्पताललाई निःशुल्क बनाउने

दमौलीः व्यास नगरपालिकाले आफैंले सञ्चालनमा गरेको कोभिड अस्पतालको सेवालाई निःशुल्क बनाउने भएको छ । माघ १ गतेबाट लागु हुने गरि अस्पतालको सेवा महामारी अवधिभर निःशुल्क गरिने भएको हो ।

कोरोना भइरसको ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन थालेसँगै नगरपालिकाले विज्ञप्तिमा जारी गर्दै प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलद्वारा हस्ताक्षरित कोभिड संकट बढ्न थालेको भन्दै महामारी अवधिभर निःशुल्क गरिने उल्लेख गरिएको हो ।

यस अघि नगरपालिकाले घोषणा गरेको कृषि मेला स्थगनको निर्णय पनि गरिसकेको छ ।

गत २२ गते बसेको कार्यपालिकाको बैठकले गरेको निर्णयले मेला महोत्सव कोभिड संकटका कारण २५ जना भन्दा बढी भेला नहुन सरकारले जारी गरेको निर्देशनका आधारमा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको प्रमुख प्रशासकिय अधिकृत सिग्देलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?