थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं :पछिल्लो २४ घण्टामा थप तीन हजार ५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पिसिआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ८१ नमुना परीक्षणमा तीन हजार पाँच सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबारको तुलनामा आज संक्रमितको संख्या पाँच सयले बढी हो । पछिल्लो २४ घन्टामा दुई सय ७१ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । एकजनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?