दमौली:तनहुँमा रहेको व्यास नगरपालिकाले संचालन गरेको व्यास नगर कोभिड -१९ पीसीआर प्रयोगशालामा पीसीआर परीक्षण बन्द भएको छ । व्यास -१० दुम्सीस्थित सञ्चालनमा रहेको कोभिड प्रयोगशाला पिसीआर प्रयोगशालामा चार कर्मचारी रहेका थिए । तीमध्ये तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
प्रयोगशालामा रहेका तीन कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएसँगै पिसीआर परीक्षण बन्द भएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । सोतीले अर्को व्यवस्था नभएसम्मका लागि पिसीआर परीक्षण बन्द रहे पनि एन्टिजेन परीक्षण भने नियमित संचालन हुने बताए ।
प्रयोगशालामा माघ १ गते देखि निशुल्क रुपमा पिसीआर परीक्षण गर्दै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?