तनहुँमा थप ४४ जनामा कोरोना पुष्टि

दमौली :  तनहुँ जिल्लामा आज  थप ४४ जना कोरोना (कोभिड–१९)  संक्रमित भएको  छ । स्वास्थ्य निर्देशनालय पोखराको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा शुक्रबार जिल्लामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा जिल्लामा १९ जना पुरुष र २५ जना महिला गरि ४४ जना संक्रमित  थपिएको  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?