एपीएफले उचाले आहा रारा गोल्ड कपको उपाधि

पोखरा : पोखरामा सम्पन्न आहा रारा गोल्ड कपको उपाधि एपीएफले जितेको छ । मनाङ मर्स्याङदीलाई टाई ब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै आहा रारा गोल्डकपको २०औं श्रृंखलाको उपाधि एपीएफले उचालेको हो ।

निर्धारित ९० मिनेटमा २-२ गोलको बराबरी भएको थियो । अतिरिक्त समयमा धकेलिएको खेलमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । पोखरामा शनिबार भएको फाइनल खेल अवलोकन गर्न दर्शकको घुइँचो लागेको थियो । कोरोना संक्रमण जोखिमका कारण आयोजकले यसअघिका सबै खेलमा दर्शकहरूलाई प्रवेश दिएको थिएन ।

मनाङले त्रिभुवन आर्मी क्लबलाई जितेर फाइनलमा प्रवेश गरेको थियो भने एपीएफले मछिन्द्र क्लबलाई जितेर फाइनलमा प्रवेश गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?