तनहुँमा कोरोना संक्रमण दर घट्यो

दमौली : पछिल्लो समय तनहुँ जिल्लामा कोरोना (कोभिड–१९) संक्रमण दर घटेको छ  । स्वास्थ्य निर्देशनालय पोखराको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा आइतवार  जिल्लामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा जिल्लामा ८ जना पुरुष र २ जना महिला गरि १०   जना संक्रमित  थपिएको  जनाएको छ ।

पछिल्लो २४ घण्टामा तनहुँको व्यास -११ का ४० वर्षिया पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ।उनमा माघ ६ गते कोरोना संक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?