तलबभत्ता माग गर्दै दमौली अस्पतालका चिकित्सक

दमौली :तनहुँको दमौली अस्पतालमा  कार्यरत चिकित्सकहरुले सरकारद्वारा दिने तलबभत्ता गत श्रावण महिना देखि निकासा नगरेको तथा असोज देखि आफुहरु बिना तलब सेवा दिदै आएको भन्दै आफ्नो तलबभत्ता पाउन  माग गरेको छ ।  दमौली अस्पतालको छात्रवृत्ति करारमा कार्यरत स्वास्थ्यकर्मीहरुले शुक्रवार प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई ज्ञापन पत्र बुझाउदै आफ्नो तलबभत्ता पाउन  माग गरेका हुन् ।

महिनै देखी तलब निकासा नदिएको भन्दै अस्पतालको करारमा कार्यरत चिकित्सकहरूले अस्पताल विकासलाई एक हप्ता देखि आफ्नो  माग राखेपनि मौखिक आश्वासन मात्र दिएको भन्दै माघ २३ गते आइतवार बाट  दैनिक कामकाज नगर्ने चेतावनी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?