कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ७३ नमुना परीक्षण गरिएको थियो ।

६ हजार ६५५ नमुनाको पीसीआर परिक्षण गर्दा एक हजार ६०२ र चार हजार ४१८ नमुनाको एन्टीजेन परिक्षण गर्दा ९२४ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा आठ हजार ४२५ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित छन् । ५५ हजार ९० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३६७ जना संस्थागत आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?