प्रख्यात गायिका लता मंगेशकर निधन

भारतकी प्रख्यात गायिका लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा लताको ९२ वर्षको उमेरमा निधन भएको हो ।

लतालाई जनवरी ८ तारिखमा कोरोना पोजिटिभ देखिएको  थियो । कोरोना र निमोनिया भएपछि लताको २९ दिनसम्म अस्पतालको आईसीयूमा उपचार भएको थियो । करिब पाँच दिनअघि उनको स्वास्थ्यमा सुधार आएको खबर पनि सार्वजनिक भएको थियो ।फ्यानले उनको स्वास्थ्यमा सुधार आओस् भन्दै कामना गरे । तर, विश्वकै लोकप्रिय गायिकाले सरस्वती पूजाको दिनमा यो धर्तीलाई छाडेर बिदा भइन् ।

लता दुई वर्षसम्म घरबाट बाहिर निस्किएकी थिइनन् । उनी सामाजिक सञ्जालको माध्यमबाट आफ्ना फ्यानसँग अन्तरक्रिया त गर्थिन्, तर कोरोना कहर सुरु भएपछि उनी घरभित्र आराम गरिरहेकी थिइन् । उनको घरमा काम गर्ने एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि लतालाई ८ तारिखमा महामारीले छोएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?