
निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । आयोगले निर्वाचनका लागि आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधन लगायत व्यवस्थापनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत पत्राचार गरी स्थानीय तहसँग विवरण मागेको हो ।
सरकारले सोमबार मात्रै स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि ७५३ वटै स्थानीय तहले माघ मसान्तभित्र आवश्यक विवरण आयोगमा पठाउन भनेको हो ।
मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा एक/एक थान चालु अवस्थाको डेस्कटप कम्प्यूटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुनेगरी व्यवस्थापन गरिदिन आयोगले सबै स्थानीय तहलाई अनुरोध समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?