भिमादका ९० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

दमौली : तनहुँका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।जिल्लाको भिमाद नगरपालिकाकाका ९० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

उनको आज बिहान ६ बजेर ५५ मिनेट जादा   पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।उनमा हिजो  माघ २४  गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबार  जिल्लाका १४ जना कोरोना संक्रमित थपिएका छन । जसमा ८ जना महिला र ६ जना पुरुष रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?