
दमौली : व्यास नगरपालिकाले नगरभित्रका सार्वजनिक स्थानमा जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । बुधवार व्यास –२ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको सार्वजनिक स्थानमा नियम विपरीत निर्माण गरिएका संरचना भत्काऊ सुरु गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
सार्वजनिक स्थानमा निर्माण गरिएका घर टहरा भत्काउन धेरै पटक पत्राचार गर्दा पनि नभत्काएपछि नगरपालिकाले डोजर लगाएर भत्काएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए । बुधवार पहिलो चरणमा व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा विक्रम श्रेष्ठ, मनबहादुर रुचाल, भरत पोख्रेल, राजेन्द्र कला श्रेष्ठ र वृषराज श्रेष्ठले सार्वजनिक जग्गा मिची निर्माण गरेका घर टहरा भत्काइएको नगरपालिकाका नगर प्रहरी प्रमुख आशिक परियारले जानकारी दिए ।
नगरपालिकाले गत पुस २२ गते १५ दिनको सूचना प्रकाशित गरी सार्वजनिक जग्गा मिची निर्माण गरिएका घर टहरा हटाउन सूचना जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?