
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि त्यसबारेमा छलफल गर्न प्रमुख विपक्षी नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ ।
सत्तापक्षले अचानक प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएपछि काठमाण्डौबाहिर रहेका सबै सांसदहरूलाई काठमाण्डौ बेलाउनुको साथै आज बेलुकी ६ बजे पार्टी सचिवालय र भोलि बिहान ११ बजे पार्टी संसदीय दलको बैठक बोलाएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले महाअभियोग अनुचित भएको प्रतिक्रिया दिईसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?