दमौलीबाट आठ जना बन्दकर्ता पक्राउ

दमौली :एमसीसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलले गरेको बन्दलाई सफल बनाउन  नाराबाजी गर्दै सडक अवरुद्ध गर्न खोज्ने  आठ जना बन्दकर्तालाई  जिल्ला प्रहरी कार्यलय तनहुँले पक्राउ गरि  नियन्त्रणमा लिएको छ ।

सदरमुकाम दमौली  बजारमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु राष्ट्रिय झण्डा लिएर सडकको बिचमै उभिएर सडक अवरुद्ध गरिरहेको थियो  । बन्दले रोकिएका सवारी साधनलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यमा पठाइरहेको छ । शिक्षण संस्था, कलकारखाना र उद्योगधन्दा बन्द छन् ।

तस्बिर:- कृष्ण न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?