चर्चित प्राङ्कस्टर आकाश सेडाई पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा तथा प्राङ्क गरेर सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिएको आरोपमा आकाश सेडाईलाई पक्राउ गरेको छ ।

युट्युबमा च्यानल खोलेर गोप्य रुपमा प्राङ्क गरेको भिडियो खिचेर अपलोड गरेको भन्दै साइबर अपराध ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइ सेडाईलाई पक्राउ गरेर सात दिनको म्याद थप समेत गरेको छ ।

प्र्यांकको नाममा सर्वसाधारणलाई दुःख नदिन र त्यस्तो कार्य गरे कारबाही गर्ने चेतावनी दिँदै गृह मन्त्रालयले केही समयअघि पत्र पनि सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?