एमसीसीको विरोध दमौलीमा प्रदर्शन

दमौली :माओवादी निकट अखिल क्रान्तिकारी र वाइसिएल नेपालले एमसीसीको विरोधमा बुधवार दमौलीमा  प्रदर्शन गरेका छन् । एमसीसी राष्ट्रघात भएको भन्दै उनीहरुले यसलाई संसदबाट अनुमोदन गर्नु दुर्भाग्यपूर्ण हुने बताए ।

यथास्थितिमा एमसिसी टेबल गर्ने कार्य राष्ट्रघाती कदम हुने भन्दै नेकपा (माओवादी केन्द्र)काे युवा संगठन वाइसिएल र विद्यार्थी संगठन अखिलले  प्रदर्शन गरेको हुन् ।

¥यालीसहित दमौलीको मेन चोकमा भएको विरोध प्रदर्शनलाई सम्वोधन गर्ने नेताहरुले एमसीसी खारेज गर्नुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?