एमसीसी नेपालको हितमा छ; वरिष्ठ नेता पौडेल

दमौली :नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) लाई नेपालको हितमा रहेको बताएका छन्।

विहिवार गृहजिल्ला तनहुँको दमौलीमा  नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र न. १ तनहुँ द्धारा आयोजित  स्थानीय निर्वाचन एवं विकास केन्द्रित अन्तर्क्रिया कार्यक्रममा बोल्दै  एमसीसी नेपालको हितमा रहेको बताउदै यसलाई स्वागत गर्नुपर्ने बताएका हुन् ।

अमेरिकाले नेपाली जनताको आर्थिकस्तर उन्नत बनाउनका लागि ऋण नभएर अनुदान दिन लागेको हुदा यसले हाइड्रो लगायत विभिन्न क्षेत्रमा पचुर सम्भावना देखेर सहयोग गर्न लागेको वरिष्ठ नेता पौडेलले बताए ।

उनले एमसीसी पास भए अमेरिकी सेना आउँछभनेर गलत प्रचार गर्नु नेपाललाई विकासबाट पछाडि धकेल्ने षड्यन्त्र भएको भन्दै उनले भने,‘ कम्युनिष्टको हाल्लको पछाडी लगेर केहि नबुज्ने दुई चार जनाले बिरुद्ध गरेर केहि हुदैन ,हामी जस्तोले त जनताको हितको बरेमा सोच्नु जरुरि  छ  ।’ अमेरिकी जनताले साम्राज्यवाद र सामन्तीको विरुद्ध लडेर लोकतन्त्र प्राप्त गरेको स्मरण गराउदै उनले अमेरिकालाई सामन्ती भन्नु गलत भएको टिप्पणी गरे ।

उक्त कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले देशभर भएका विकासको काम कांग्रेसले गरेको बताउँदै जनतालाई एमसीसी बारेमा बुझाउन आवश्यक रहेको बताए । यस्तै केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस एकआपसमा मिले मात्र चुनाव जित्न सकिने बताए । क्षेत्रीय सभापति श्याम मौरातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई, ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेलगायतले बोलेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?