दमौली :अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँ घेराउ गरिएको छ । विभिन्न दल आबद्ध मोर्चाले (एमसीसी) विरुद्ध कार्यालय धर्ना दिएका हुन् ।
एमसीसी राष्ट्रघाती भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा, राष्ट्रिय जनमोर्चा नेपाल,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले एमसीसी सम्झौता विरोधी नारा र झण्डा प्रदर्शन गर्दै आइतबार दिउँसो प्रशासन कार्यालय दिएको हो ।
प्रदर्शनका क्रममा ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘दलालहरु होसियार’ लगायतका नारा लगाइएको थियो । जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रमको सूचना पाएपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
एमसीसी सम्झौता खारेजीको माग राखेर मोर्चाले केही दिनदेखि लगातार कार्यक्रम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?