स्वतन्त्र नागरिकहरुको समुहद्वारा दमौलीमा एमसीसीको विरोध प्रदर्शन

दमौली : स्वतन्त्र नागरिकहरुको समुहले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दमौलीमा विरोध प्रदर्शन गरेका छ ।

एमसीसी राष्ट्रघाती भएको भन्दै नेपाल तनहुँका स्वतन्त्र नागरिकहरुको समुह दमौलीमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रिय स्वाधीनता रक्षा गरौं, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर लगाएका नारा लगाएका थिए । विरोधको क्रममा नागरिकहरुले  एमसीसीको विरोध गर्नुपर्ने बताएका थिए ।

नागरिकहरुको समुहले कुनै पनि देशबिच हुने आर्थिक सम्झौतामा जनता प्रत्यक्ष मारमा पर्ने भन्दै  नेपालीलाई सरकारले कोच्याउन खोजेको आरोप लगाउदै एमसीसी सम्झौता खारेज नभएसम्म आफूहरु चूप लागेर नबस्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?