
दमौली : नायक पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँ को नियन्त्रणमा रहेका छन् । नायक शाह आज उनि आफै उपस्थिति भएका हुन ।पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिगमाथि जबरजस्ती करणीको जाहेरी परेको थियो ।
आज उनले आफैं प्रहरीमा उपस्थित हुने भन्दै फेसबुकमा स्टाटस समेत पोष्ट गरेका थिए ।पल जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले पुष्टि गरे ।
स्रोतकाअनुसार पलले आफूलाई काठमाडौंमा पक्राउ नगर्न आग्रह गरेका थिए ।
काठमाडौंमा युट्यूवरले तमासा गर्ने भएकाले पलले जाहेरीस्थल जिप्रका तनहुँमै उपस्थित भएको स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?