आज महाशिवरात्रीः दमौलीका शिवालयमा भक्तजनहरुको भीड

दमौली :महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरका देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । व्यास -३ मा रहेको  शिव पाञ्चायन मन्दिरमा बिहानैदेखि शिवको दर्शन र पूजा–आजाको लागि विभिन्न शिव मन्दिरमा भीड लागेको छ । बिहानैदेखि सयौं भक्तजन आज शिव मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् ।

आज देशैभरका शिवालय मन्दिरमा श्रद्धालुु भक्तजनको भिड लागेको छ । यसै अवसरमा यस क्षेत्रका ठूला तथा साना मन्दिरहरुमा पनि भीड लागेको छ ।  व्यास –३  स्थित शिव पाञ्चायन मन्दिर , व्यास -३ स्थित दुर्गा  मन्दिर, व्यास -५ स्थित पराशर क्षेत्र , व्यास – १ स्थित  चारकुने व्यास -४ जलदेवी मन्दिर लगाएतका शिवालयहरुमा निकै भिड लागेको छ ।

शिवरात्रीसँगै मंगलवार  विशेष दिन परेको हुँदा रातीदेखि नै श्रद्धालुु भक्तजनको भिड लागेको व्यास –३  स्थित शिव पाञ्चायन मन्दिरका पुजारी श्रीप्रसाद भट्टराईले जानकारी दिए  । दमौलीको चर्चित शिव पाञ्चायन मन्दिरमा हरेक वर्ष शिवरात्रीको अवसरमा भिड लाग्ने गरेपनि यसवर्ष मंगलवार नै शिवरात्री परेको हुुँदा दर्शनार्थीको संख्या धेरै भएको र लाइनपनि लामो भएको पुजारी भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?