दमौली : जबरजस्ति करणीको आरोपमा पल शाहविरुद्ध किटानी जाहेरी परेदेखि नै उनको समर्थनमा खुलेर बोल्दै आएकी नायिका पुजा शर्मा आज पललाई भेट्न दमौलीमा आइपुगेकी छिन् । दिउँसो उनी दमौलीस्थित जिल्ला प्रहरी कार्यालय तनहुँको परिसरमा युट्यूवरको भिडमा प्रवेश भइसकेकी छन् ।
अहिले पनि उनी पलको पक्षमा बयानबाजी गर्न हिच्किचाइरहेकी छैनन् ।पुजाले निर्माण र अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अहिले देशव्यापी प्रदर्शनमा छ र सुखद व्यापार गरिरहेको छ । चलचित्रको प्रमोशनका क्रममा आज दमौलीको हलमा पुगेर दर्शकहरुसंग बसेर एकछिन आफ्नो चलचित्र हेरेको थियो ।
उनी खुलेर जवाफ पनि दिन्छन् । सुरुवातदेखि नै पललाई फसाइएको जस्तो आफूलाई फिल भएको पुजाले बताइन् । जबरजस्ति उनलाई पाउन प्रयास भएको भन्दै उनले सबै कुरा प्लानिङमा भएको दावीसमेत गरिन् ।
‘यदि बलात्कारी हो भने बलात्कारीसित बिहे गर्छु भन्छ कसैले ? मैले यो केसलाई यति मिलाउन खोजेँ, तर सबै प्लानिङमा भएको रहेछ । माया भनेको मागेर पाईंदैन । माया भनेको त्याग हो । माया एकतर्फी कहिल्यै हुँदैन । उसले सोच्नु पर्ने कुरा हो,’ पुजाले भनिन् ।
उनले बलात्कारको अर्थ नै अहिलेसम्म आफूले बुझ्न नसकेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?