छाब्दी खोलामा बेलिब्रिज

तनहुँ : व्यास-१ र १३ जोड्ने सिमानामा रहेको बुद्ध सिं राजमार्गमा पर्ने छाब्दीखोलामा  बेलिब्रिज जोड्ने काम यतिबेला भने भईरहेको छ । अविरल वर्षासँगै आएको बढीको कारणले उक्त  पुल असार १७ गते बढीले बगाएको थियो ।

तोकिएको समय पुल नबन्दा स्थानीयवासीको गुनासो संगै पुल नै नबन्ने हो की भन्ने प्रश्न खडा रहेको थियो । लामो समय बितिसक्दा पनि  पुल नबन्दा जनगुनासोमा  प्रश्न उठ्नु स्वभाविक मान्न सकिन्छ किनकि यो तत्काल बन्नुपर्ने थियो । तनहुँ र गोरखा जोड्ने  मर्स्याङ्दी नदीको  बेलिब्रिज छाब्दीखोलामा  स्थानान्तरण गर्ने गरि निर्माणको काम थालेको उक्त पुल पनि गत असारमै बढीले बगाएको थियो । अन्य ठाउको पुल खोजतलास गर्दा सम्भावना नदेखिए पछि काम तोकिएको समय भन्दा ढिलो भएको निर्मण समितले जनाएको छ ।

पुलको कुल लागत छयालीस लाख सैतिस हजार पाँच सय पच्चीस रुपैया एकसी पैसामा निर्माण हुने उक्त बेलिब्रिज जोड्ने काम भईरहेको छ । पुरानो पुललाई नै मर्मत गरि फल्गुन मसान्तसम्म निर्माण सम्पन्न हुने गरि समय तोकिएको छ भने ठेकेदारले पनि उक्त समय भित्र सकिने जनाएको छ।

पुल भत्किए पछि तत्काल मानिस तथा सवारीसाधन आवतजावतको लागि जाली तथा हिम पाईपको माध्यमले सवारीसाधन आवतजावतलाई सजाह भएको छ।हालसम्म पनि तेसैकै माध्यमले सवारीसाधन आवतजावतलाई प्रयोग गरिएको छ।यसको लागि व्यास नगरपालिकाको सहयोगमा निर्माण भएको थियो ।

विशेषगरी यो पुलले दक्षिण भेगका व्यास र रिसिङ्ग गाउपालिकका,देवघाट पालिका साथै चितवन जिल्ला जोड्ने मार्गको रुपमा रहेको उक्त राजमार्गले स्थानीय धेरैले लाभ लिनेछन् तर दीर्घकालीनको लागि भने पक्कि पुलको विकल्प नरहेकाले यसको लागि स्थानीय,प्रदेश तथा  केद्रीय सरकारको ध्यान जाओस ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?