दमौली :नेपाली काँग्रेस व्यास नगर कार्य समितिको आयोजनामा अन्तरक्रियात्मक एवं प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। अन्तरक्रिया कार्यक्रमको प्रशिक्षण नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको नेतृत्व विकास,आगामी निर्वाचनमा टोल,नगर ,क्षेत्रका विषयमा रहि अन्तरक्रिया गरिएको हो ।
प्रशिक्षण कार्यक्रमका क्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले कम्युनिष्टहरुले मुलुकको अर्थतन्त्र रित्तो बनाएको आरोप लगाएका छन। कम्युनिस्टको सरकार भएको बेला मुलुकका सडकहरू जस्ताको तस्तै रहेका , मेलम्ची परियोजना अहिलेसम्म आउन नसकेको ,संचार,शिक्षा र गरिबी निवारण गर्न कम्युनिस्टको सरकारले नसकेको आरोप लगाए।
यसैगरी नेपाली काँग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले नेपाली काँग्रेसले जिल्लाका प्रत्येक वडावडामा गएर प्रशिक्षण र अन्तरक्रियागरि कार्यकर्ताको मनोभावना र जनगुनासो संकलनगरि पार्टीको सर्वत्र सुधार योजना गर्नुको विकल्प नरहेको बताए । निर्वाचनलाई केन्द्रित गरि घर घर जाऔ काँग्रेसलाई जिताऔ भन्ने अभियानका साथ आगामी कार्यक्रममा अधि बड्ने बताए । काँग्रेसले देशमा पराजय हुदाविजय मुलुकले न्याय ,सुशासन हराएको बताउदै अग्रजहरुको त्याग ,तपस्या ,वलिदानको मुल्यांकन गरि अधि बड्नुपर्नै बताए ।
नेपाली काँग्रेस पार्टी तनहुँका पुर्व जिल्ला सभापति रघुनाथ पौडेलले कोशिश र मेहनत गरे आगामी जिल्लामा सत प्रतिशत विजयी हुन सफल हुन तीब्र अनुशासनको खाचो रहेको बताए । काँग्रेसको कार्यकर्ता भए पछि विधान ,धोषणा पत्र ,नीति सिद्धान्तलाई आत्मसात गर्दै लाग्न आग्रह गरे। वडा तहका कार्यकर्ताहरुलाई थप क्रियाशील बनाउन पार्टीले जिल्ला ब्यापी प्रशिक्षण अभियान शुरु गर्ने योजना भएको केन्द्रीय सदस्य भट्टराईले जानकारी दिए।
नेपाली काँग्रेसका व्यास नगर सभापति सुर्यचन्द्र हड्खलेको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्र नम्बर -१ का सभापति श्यामकुमार मौरती,नेपाली काँग्रेसका पुर्व नगर सभापति शान्तिरमण वाग्ले ,नेपाली काँग्रेस महासमिति सदस्य पवित्रा पौडेल ,प्रशिक्षक डा.शेषरमण न्यौपाने ,प्रशिक्षक बैकुण्ठ न्यौपाने ,विश्व वास्तोलालगाएतका प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?