Close This

आजदेखि पोखरा– जनकपुर हवाइ उडान सुरु

पोखरा: आजदेखि जनकुपर-पाेखरा हवाइ उडान सुरु भएकाे छ । आज भएकाे पहिलाे उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल पाेखराबाट जनकपुर गएर शुभारम्भ गरेको छ  ।

पोखरा- जनकपुर हवाइ उडान सुरु भएपछि पहिलो उडानमा मधेस भ्रमणमा जनकपुर गाएका मुख्यमन्त्री पोखरलले सञ्चारकर्मीसँग कुराकानी गर्दै संघीयतालाई बलियो बनाउन र प्रदेश प्रदेशबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने आवश्यक्ता रहेको बताए ।

उनले  पोखरा पर्यटकीय गन्तव्य रहेको र जनकपुर धार्मिक पर्यटकीय क्षेत्र भएकाले दुवै  प्रदेशबीचमा पर्यटकीय विकास गरेर यसबाट लाभ लिन सकिने बताए ।

यसैगरि मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महताले दुवै प्रदेशबीच सहकार्यबाट पर्यटन क्षेत्र लाभान्वित हुन सक्ने बताए ।जनकपुर विमान स्थलमा मख्यमन्त्री पोखरेललाई मधेस प्रदेशका पर्यटनमन्त्री शत्रुधन महतो, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादव, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेको  थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?