दमौली : तनहुँ उद्योग वाणिज्य संघले यस अघि स्थगित गरेको आठौं तनहुँ महोत्सवको तयारी तीव्र रुपले अगाडि बढाइएको छ ।महोत्सव आगामी चैत्र १० देखि २० गतेसम्म दमौलीको वीपी वनवाटिका स्थित खेल मैदानमा हुन लागेको हो ।
“तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने नारा साथ यस अघि पुष २२ गतेबाट तय गरिएको महोत्सव कोभिड संकटका कारण स्थगित गरिए पछि नयाँ मिति तोकिएको संघका महासचिव सुबोध अधिकारीले जनाएको छ ।
संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको कार्य समिति बैठकले अब तयारी तीव्र गतिमा अघि बढाउने निर्णय गरेको संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?