
दमौली : नाबालिग बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका नायक पल शाहका म्यानेजर कृष्ण जोशी पनि पक्राउ परेका छन् ।
जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका जोशीलाई प्रहरीले जिल्ला अदालत तनहुँबाट सात दिनको म्यादसमेत लिएको छ।
पछिल्लो समय जोशीले यो प्रकरणमा मिडियामा विभिन्न अभिव्यक्ति पनि दिएका थिए । नाबालिगको बलात्कार गरेको आरोपमा तनहुँ प्रहरी र नवलपरासी प्रहरीले कलाकार शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
पललाई प्रहरीले पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद थप गरेर अनुसन्धान गर्ने अनुमति पाएको छ।
तस्वीर : रुटिन अफ नेपाल बन्द
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?