व्यास नगर अल्ट्रा म्याराथनको उपाधि आर्मी क्लबका जमदार वेद बहादुरलाई

५औँ संस्करणको व्यास नगर अल्ट्रा म्याराथन २०७८ को उपाधि त्रिभुवन आर्मी क्लबका जमदार वेद बहादुर सुनुवारले जितेका छन् ।

सुनुवारले २ घण्टा ५८ मिनेट ६ सेकेन्डमा निर्धारित ४४ किलोमिटर दुरी पुरा गरि प्रथम भएका हुन् ।नेपाली सेना बरख दल गणका अमल्दार मोहन देव जोशीले ३ घण्टा ५ मिनेट ५० सेकेण्डमा दौड पूरा गरी दोस्रो र नेपाली सेना खड्क दल गणका नवराज साउदले ३ घण्टा ९ मिनेटमा दौड पूरा गरी तेस्रो भए।

त्यसैगरी सुमन कुलुङ , गोपाल तामाङ, दुर्गा बहादुर बुढा , शेर बहादुर थारु, प्रमिश गुरुङ सान्त्वना भए ।

४४ किलोमिटर अल्ट्रा म्याराथनका विजेताहरूले क्रमशः  ८५ हजार ७८ , ६५ हजार ७८ ,५५  हजार ७८ र १६ हजार ७८ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।व्यास नगरपालिकाले आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनमा एक सय ८६ जनाले भाग लिएका थिए।

व्यास नगरपालिका–५ मानुङबाट सुरु भएको म्याराथन  मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे,चापाघाट,अनसन चौतारी,सफासडक,भोर्लेटार चोक,बैरेनी,दुम्सी,कलेस्ती,सत्रसय,बानियाँ डिही,बर्लाची,सोतीवेशी,बगुवा रिस्ती,बाहुन पोखरा गाडापानी  हुँदै पुलिमराङमा आएर समापन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?