
दमाैली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो बस र टाटा सुमो एकआपसमा ठोक्किँदा ७ जना घाइते भएको छ ।
मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् । घटनाबारे थप विवरण आउन बाँकी रहेकोजिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक युवराज खड्काले जानकारी दिए ।
घाइतेमध्ये पाँच पुरुष र दुई महिला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जना मध्यम छन् । बससँग ठोक्किएपछि टाटा सुमो सडकदेखि अन्दाजी पाँच मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?