उत्कृष्ट सात नगरपालिका घोषणा हुंदा परेनन् तनहुँका नगरपालिका

तनहुँ: नेपाल नगरपालिका संघले नेपालका सात नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गर्दा तनहुँ जिल्लाका कुनैपनि नगरपालिका उत्कृष्ट सातमा पर्न असफल भएका छन् । संघले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट सात नगरपालिकाहरूलाई पुरस्कृत गरेको हो। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले ती नगरपालिकाहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेका हुन।

संघले बिभिन्न विधा जस्तै सुशासन र सेवाप्रवाह, सहरी योजना र पूर्वाधार विकास, आर्थिक विकास, वन वातावरण र जलवायु परिवर्तन तथा सामाजिक विकासतर्फ उत्कृष्ट सात   नगरपालिकाहरूलाई पुरस्कृत गरेको हो। जसमध्ये संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट हुंदा सामाजिक विकासतर्फ रूपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट रहन सफल भएका छन् ।

त्यस्तै स्थानीय आर्थिक विकासतर्फ भने सर्लाहीको हरिवन नगरपालिका र सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका र वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका समेत उत्कृष्ट घोषित भएका हुन् । नगरपालिका संघ देशभरिका नगरपालिकाका मेयर र उपमेयर सम्मिलित छाता संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?