
दमौली : हाम्रो देश नेपाल मन्दिरै मन्दिरको शहरहरुले प्रख्यात रहेको छ । नेपालीहरुको जति पनि स्थानमा हामी जान्छौ त्यहाँ कुनै न कुनै महत्व बोकेका मठ मन्दिरहरु देख्न सकिन्छ । नेपालका विभिन्न शक्ति पिठहरु साथै धार्मिक तिर्थस्थलहरु मध्ये छाब्दी बाराही मन्दिर पनि एक हो ।
यस छाब्दी बाराही मन्दिर अत्यन्तै रमणीय स्थल तनहुँको सदरमुकामदेखि करिब ८ किलोमिटर पूर्वमा अवस्थित छन् । यस स्थानमा खोला नाला प्रकृति स्वरुप कलकल बगेको सुन्दर झरना पनि यस मन्दिर परिसरमा देख्न सकिन्छ । माछा रुपी धारा पनि यस पुण्य भूमिमा रहेको छ ।
मन्दिर वरपर पाटी पौवा रहेका छन् । यस मन्दिर भित्र रहेको कुण्डमा अत्यन्तै सुन्दर माछाहरु छन । भक्तजनहरुलाई सजिलो होस भनि वारी पारी जानका लागी पुल निर्माण गरिएको छ ।
यस छाब्दी बाराही मन्दिर माछाको पुजा गरिने नेपालको एक मात्र मन्दिर हो । यस मन्दिर भित्र २५ फिट अग्लो माछाको आकारबाट देवी उत्पन्न भएको मुर्ति स्थापना गरिएको छ ।
यस छाब्दी बाराही मन्दिरको किंम्बदन्ती यस्तो रहेको पाइन्छ । चार वेद अठार पुराणका रचयिता भगवान वेद व्यासको माताको रुपमा पुजा गर्ने गरिन्छ भनि शास्त्रमा उल्लेख भएको पाइन्छ ।
इस मन्दिरमा नेपालका शाहवंशीय सबै राजाहरुले निक्कै आस्था राखी पुजा गरेको इतिहास समेत रहेको छ ।यहाँ नेपाल लगायत भारत बाट धार्मिक पर्यटकहरु आउने गर्दछन यस मन्दिरमा भक्तजनहरुले आफुले मागेको बरदान पाइने आम जनविश्वास रहेको छ ।
यस छाब्दी बाराही मन्दिरको किंम्बदन्ती यस्तो रहेको पाइन्छ । चार वेद अठार पुराणका रचयिता भगवान वेद व्यासको माताको रुपमा पुजा गर्ने गरिन्छ भनि शास्त्रमा उल्लेख भएको पाइन्छ ।
इस मन्दिरमा नेपालका शाहवंशीय सबै राजाहरुले निक्कै आस्था राखी पुजा गरेको इतिहास समेत रहेको छ ।
यहाँ नेपाल लगायत भारत बाट धार्मिक पर्यटकहरु आउने गर्दछन।यस मन्दिरमा भक्तजनहरुले आफुले मागेको बरदान पाइने आम जनविश्वास रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?