गैंडाकोटमा बयान सकेर पल शाहलाई फेरि दमौली ल्याइयो

दमौली :एक जना नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली ल्याइएको छ। जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको हो  ।

पीडित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुरमा पनि शाहविरूद्ध जाहेरी दिएका थिए।फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शाहलाई केही दिनअघि गैंडाकोट पुर्‍याइएको थियो।

तनुहँ प्रहरीले शाहलाई चैत ४ गते सम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट अनुमति लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?