दमौली : तनहुँको बन्दीपुर स्थित टुडीखेलबाट खसेर बुधबार एकजना विद्यार्थीको ज्यान गएको छ। बन्दीपुर- २ हल्थुमका बस्ने टेक बहादुर गुरुङ्गको १७ वर्षिय छोरा कृजन गुरुङ्गको बुधबार साँझ बन्दीपुर स्थित टुँडिखेलबाट खस्दा ज्यान गएको हो।
साँझ खसेको उनको उद्धार गरि उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको हो। गुरुङ्ग टुडिखेलमा लगाइएको रेलिङ्ग भत्किएर ३०० मिटर तल खसेको स्थानियले बताएका छन्। उनी भानु मा वि बन्दिपुरमा कक्षा ९ मा पढ्ने विद्यार्थी हुन्।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?