दमौली : एकअर्कालाई अबिर लगाइदिएर रंगैरगंको पर्व फागु–पूर्णिमा अर्थात ‘होली’को अवसरमा दमौलीको अनशनचौतारी स्थित खुल्ला मैदानमा आज होली पर्व मनाइँदै छ । होलीको अवसरमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समितिले विशेष कार्यक्रममा आयोजना गरेका छन् ।
आज तनहुँको दमौलीमा आयोजित होली विशेष कार्यक्रममा युवायुवतीहरुको उल्लेख्य सहभागीता छ । उनीहरुले एकअर्कालाई अबिर लगाइदिएर आत्मियता साटासाट गरिरहेका छन् ।
आज पहाडी र हिमाली जिल्लाहरुमा होली मनाइँदै छ भने भोलि तराई मधेशका जिल्लामा मनाइने छ । होलीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
तस्बिरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?