मानुङकोटमा गएराति दुई समूहबीच झडप: दुई जना घाइते

दमौली : तनहुँको व्यास-५ मानुङकोटमा गएराती दुई युवा समूहबीच बिहीबार राति झगडा हुँदा दमौलीमा दुई जना घाइते भएका छन् । घाइते हुनेमा व्यास-४ का दीपेन्द्र सिंह र व्यास-३ का कमल रामदाम घाइते भएका हुन् ।

सिंहको टाउकोमा २२ र रामदामको चिउडोमा १० टॉका लगाइएको छ । पोखराबाट आएका युवाहरुको समुहले कुटपिट गरेको घाइतेले बताएका छन ।

घाइतेको दमौली स्थित  समाधान अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने युवाहरुको पहिचान नभएको र  घटना बारे थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?