दमौली : राष्ट्रिय भूमि आयोग तनहुँको सदस्यमा नियुक्त भएका तीन जनाले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जिल्ला सदस्यमा नियुक्त भएका श्रीराम कार्की, कृष्ण गुरुङ र सर्वदा खनालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष रामचन्द्र अधिकारीले उनीहरुलाई शपथग्रहण गराएका छन् ।सो अवसरमा अधिकारीले राष्ट्रिय भूमि आयोगको गठनको उद्देश्य एवं संविधानको भावना र मर्मअनुसार हातेमालो गरेर काम गर्न नवनियुक्त सदस्यलाई आग्रह गरेको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमकुमारी पौडेलले सरकार र मन्त्रालयबाट आएको मार्गनिर्देशनलाई इमान्दार भएर पूरा गरेर तनहुँको नाम उच्च रहने गरि काम गर्न अनुरोध गएको छ।
आयोगको जिल्ला अध्यक्षमा नेपाली काङ्ग्रेसका नेता रामचन्द्र अधिकारी नियुक्त भइसकेका थिए । भूमि आयोगले जिल्लाका सबै पालिकासँग सम्झौता समेत गरिसकेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रादेवी पौडेल, नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्य, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य अतिन्द्रकेशरी न्यौपाने लगायत सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?