पल शाहलाई थप ५ दिन थुनामा राख्न तनहुँ अदालतको आदेश

दमौली : नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई तनहुँ अदालतबाट तेस्रो पटक म्याद थप भएको छ । जिल्ला अदालतबाट पुनः ५ दिनको म्याद थप गरिएको हो ।

 शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको तनहुँ प्रहरीले जनाएको छ । उनीविरुद्ध गत फागुन १५ गते पहिलो पटक सात दिन र २१ गते १२ दिनको म्याद थप भएको थियो । नवलपुरमा पनि उनीविरुद्ध जाहेरी परेपछि उनलाई नवलपुर लगेर अनुसन्धान गरिएको थियो ।

नवलपुर अदालतमा शाहविरुद्ध मुद्धा दर्ता भइसकेको छ । सरकारी वकिलको कार्यालयले उनीविरुद्ध सबै प्रमाण जुटाएर विहीबार (हिजो) अदालतमा मुद्धा दायर गरेको हो ।

यसैगरी अनुसन्धानका लागि पक्राउ परेका शाहका म्यानेजर कृष्ण जोशीविरुद्ध पनि पाँच दिनको म्याद थप गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?